जगदम्बा स्टिलले ल्यायो राइनोे छड

  २०७४ वैशाख १४ गते १७:२४     विकासन्युज

काठमाडौं । शंकर ग्रुपको भगीनी संस्था जगदम्बा स्टिलले राइनो स्टिल छडको उत्पादन आरम्भ गरेको छ । कम्पनीले एफइ ५००डी ग्रेडमा राइनो स्टिल छड उत्पादन गरेर बजारमा पठाएको हो । नयाँ उत्पादनको प्राबिधिक पक्षबारे कम्पनीले धुम्बाराहीमा उपभोक्ता मिट गरेरै जानकारी दिएको हो ।

कार्यक्रममा जगदम्बा स्टिलका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले भने–राइनो ५००डी नयाँ जेनेरेशनको बलियो उत्पादन हो, यो उत्पादन अन्य कम्पनीको भन्दा फरक ढंगले निर्माण गरिएको छ । जगदम्बाले राइनो स्टिललाई बलियो र भूकम्प प्रतिरोधी संरचना निर्माणको सम्वाहकका रुपमा अघि सारेको छ । राइनो स्टिल ८ एमएम देखि ३२ एमएमका साइजसम्ममा उपलब्ध रहेका छन् ।

त्यस बाहेक ३६ एमएमदेखि ४० एमएमको साइजमा पनि राइनो छड उपलब्ध छन् । यस्ता छडहरु १२ मिटरसम्म लम्बाईका रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.