अप्टिकल फाइवर विछ्याउँन स्मार्ट टेलिकम अयोग्य, ६ र ७ प्रदेशका लागि पुनः टेण्डर

  २०७४ वैशाख २ गते ८:०७     विकासन्युज

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गर्न माग गरेको पछिल्लो आवेदनमा स्मार्ट टेलिकम छनोट हुन सकेन ।

मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचनाको महामार्ग बनाउन प्राकिरणले मागेको ६ र ७ नं प्रदेशको प्रस्तावमा स्मार्ट टेलिकमले मात्रै आवेदन दिएको थियो ।

तर, यो प्रस्तावमा स्मार्टको एक्लो आवेदन परेको भएपनि यसले आवश्यक मापदण्ड पूरा गर्न नसकेका कारण प्राधिकरणले पुनः प्रस्ताव आव्हान गरेको छ ।

देशका ७५ वटै जिल्ला सदरमुकाम जोड्ने तीब्र गतिको ब्रोडव्याण्ड इन्टरनेट पुर्याउँन प्राधिकरणले ६ र ७ नं प्रदेशकका लागि एक महिना पहिले सार्वजनिक प्रस्ताव मागेको थियो ।

यो प्रस्तावबाट कुनैपनि कम्पनी छनोट नभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले बताउनुभयो । यस अघि १ देखि ३ नम्बर प्रदेशको जिम्मा टेलकमले र ४ र ५ को जिम्मा भने युटीएलले पाइसकेका छ ।

टेलिकमले करिब पौने ५ अर्ब र युटीएलले २ अर्बमा सूचना महामार्ग बनाउने जिम्मा पाएका छन् । ६ र ७ प्रदेशको लागि करिब पौन चार अर्ब रुपैयाँको सीमााभि रहेर जसले कम कबोल गर्छ उसैलाई छनोट गर्ने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार यो महामार्गको काम पनि विभिन्न जिल्ला सदरमुकाबाट सो जिल्लाको हरेक सामूदायिक विद्यालय, स्वास्थ्य चौकी र गाउँपालिकासम्म इन्टेरनेट पुर्याउन भने पुनः प्रस्ताव माग हुने भएको छ ।

अहिलेसम्म जिल्ला सदरमुकामबाट गाँउसम्म पुर्याउने काममा भूकम्प प्रभावित ११ जिल्ला मात्रै छनोट भएको उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.