गुराँस लाइफ इन्स्योरेन्सले ८ प्रतिशत बोनस दिने, पूँजी ५९ करोड ४० लाख रुपैयाँ नाघ्ने

  २०७३ चैत १७ गते १३:१६     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । साथै, कम्पनीले शून्य दशमलब ४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी ५९ करोड ४० लाख रुपैयाँ नाघ्ने छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ८५८ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.