सिटिजन्स बैंकको १ करोड ३८ लाख कित्ता हकप्रद निष्कासन, चैत २४ देखि आवेदन खुला

  २०७३ चैत ९ गते ८:४१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैैंकले प्रति सेयर १ सय रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ हजार ३९७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १० वटा साधारण सेयर बराबर २ दशमलव ५ (१०ः२.५)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ ।

हाल बैंककाे ५ अर्ब ५३ करोड ७३ लाख ५१ हजार ७६१ रुपैयाँ छ । बैंकले १ अर्ब ३८ करोड पुँजी थप गर्ने उद्देश्यले हकप्रद साधारण सेयर निष्कासन गरेको छ ।

याे हकप्रद निष्कासनपछि यस बै‌ककाे चुत्ता पुँजी ६ अर्ब ५२ कराेड १६ लाख ८९ हजार ६६१ रुपैयाँ पुग्ने भएकाे छ ।

हकप्रद सेयर लिनकाे लागि यही चैत २४ गतेदेखि बैशाख २७ गतेसम्म अावेदन दिन सकिने छ । गत फागुन २४ गतेसम्म सेयर खरिद गरेकाे सेयरधनीले मात्रै हकप्रद लिन पाउने बैंकले जनाएकाे छ ।

यो बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड हो । हकप्रद सेयरको सानिमा क्यापिटल लिमिटेड नारायण चौर नक्साल, सिटिजन्स बैंको सम्पूर्ण शाखामा र सिबिआईएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजारबाट आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.