‘हुण्डाई ओपन गल्फ टुर्नामेन्ट’ शनिबारदेखि हुने, बिजेतालाई एक थान हुन्डाई गाडी प्रदान

  २०७३ चैत २ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपालको लागी हुण्डार्ईगाडीको एक मात्रअधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले बिगतका वर्ष झैँ यस वर्ष पनि ‘हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१७’ को आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट जिनिएगल्स डिजाइन गोकर्ण गल्फ क्लबमा यही आउदो शनिबार हुने भएको छ ।

उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबलफोल्ड फर्म्याटमा र ३/४ ह्यान्डीक्यापमा खेलीने छ । यस टुर्नामेन्टमा नेपालका १०० गल्फर्सहरुले प्रतिस्पधा गर्नेछन् । यस टुर्नामेन्टमा टाइटल विनर, फष्ट रनर-अप, सेकेण्ड रनर-अप, बेष्ट ग्रस, लेडिज विनर, सिनिएर विनर(६० वर्ष उमेरमाथिको), जूनियर विनर(१७वर्ष उमेरमुनीको) हुन्डाई वनरर्स क्याटेगोरी विनर, लङगेष्ट ड्राइभ, क्लोजेस्ट टू द पिन, मष्ट विर्र्डास क्याटेगोरीमा विजेता घोषित गरिने कम्पनीले जनाएको छ ।

यसको साथै होल इन वान बिजेतालाई उपहार स्वरुप एक थान हुन्डाई ग्राण्ड आई१० गाडी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.