कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

  २०७३ फागुन २ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले २ः१ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो ।

कम्पनीले १३ करोड ४९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले एक अर्ब ३४ करोड ४९ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति दिएको हो । कम्पनीले सिद्धार्थ क्यापिटल बैंकिङ्लाई बिक्री प्रबन्धक तोकेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात बैंकको पूँजी ३ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.