सिद्धार्थ डेभलपमेण्ट बैंकले १० बराबर ६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

  २०७३ माघ २ गते २१:५५     विकासन्युज

sdbl_logoकाठमाडौं, २ माघ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले १० बराबर ६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद शेयर निष्काशन सम्बन्धमा बैंक र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।

गत मंसिर २४ मा सम्पन्न बैंकको १७औ वार्षिक साधारण सभाले विद्यमान शेयरधनीहरुमा (बोनस शेयर जारी पश्चात) १० बराबर ६ को अनुपातमा हकप्रद शेयर जारी गर्न निणर्य गरेको थियो । बैंकको हाल रु १ अर्ब ४१ करोड ९१ लाख चुक्ता पुँजी रहेको छ, यस हकप्रद शेयर निष्काशन गरे पश्चात बैंकको चुक्ता पुँजी रु २ अर्ब २७ करोड हुनेछ ।

बैंकले चालु आर्थिक वर्षमा आर्जित मुनाफावाट बोनस वितरण गरी नेपाल राष्ट बैंकको तोके अनुरुपको चुक्ता पूँजी रु २, अर्ब ५० पुरयाउनेछ । बैंकले देशभर रहेको ३३ शाखा सञ्जाल मार्पmत आफनो लक्षित ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ र चालु आ.व.मा ८ वटा नया शाखा कार्यालयहरु विस्तार गर्ने क्रममा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.