बुटवल पावरले ४० लाख कित्ता एफपीओ जारी गर्दै, एफपीओको रकम कावेली र न्यादी आयोजनामा लगानी गरिने

  २०७३ मंसिर १० गते ११:५८     विकासन्युज

काठमाडौं, १० मंसिर । बुटवल पावर कम्पनी (बीपीसी) ले थप सार्वजनिक सेयर निष्कासन(एफपीओ) जारी गर्नका लागि बिक्रि प्रबन्धकको रुपमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । विहिबार बिपीसी र एनएमवी म्यापिटलविच एफ्पीओ जारी गर्ने सम्बन्धमा सम्झौता भयो । बीपीसीले ४० लाख ८१ हजार कित्ता मध्ये २ लाख ४ हजार ५० कित्ता स्थानीबासिन्दाको लागि र बाँकी सर्वसाधरणको लागि एफपीओ जारी गर्ने भएको हो ।
logo-of-butawal
सम्झौतामा बुटवल पावर कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  उत्तरकुमार श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । सह निष्कासन तथा विक्रि प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल मार्केट राखिएको छ ।

एफ्पीओ साधारण सेयरको अंकित मूल्य १०० मा मूल्याङ्कनबाट आएको प्रिमियम थप गरी प्रति सेयर हुन आउने मूल्यमा जारी गरिने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई  निष्काशन गरिएको शेयर पूर्ण रुपमा बिक्री नभई बाँकी रहन गएमा सो सेयर समेत सर्वसाधारणकालागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।

एफ्पीओबाट प्राप्त भएको रकम कम्पनीले ३७.६ मेगावाट क्षमताको कावेली ए जलविद्युत आयोजना तथा ३० मेगावाटको न्यादी जलबिद्युत आयोजना निर्माणका लागि लगानी गर्ने छ । कावेली ए जलविद्युत आयोजनाको निर्माण कम्पनी काबेली इनर्जी लिमिटेडमा बीपीसीको ५४ प्रतिशत र न्यादी जलविद्यूत आयोजना बनाउने कम्पनी न्यादी हाइड्रोपावर लिमिटेडमा ९७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

ती दुबै आयोजनाहरुको वित्तीय व्यवस्थापन एवं पीपीए सम्पन्न भैसकेका छन् भने २०७३ साल पौष महिना भित्रै निर्माण कार्य शुरु गर्ने योजना रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.