आन्दोलनको लागि तयार रहन जिफन्टद्धारा १५ लाख मजदुरलाई निर्देशन

  २०७३ कार्तिक २६ गते १२:५१     विकासन्युज

काठमाडौं, २६ कात्तिक । औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐनलगायतका विषयमा मजदुरहरुको अधिकार कटौती हुनेगरी ल्याइएको ऐनको प्रस्तावका विरुद्ध नेकपा एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले कडा आन्दोलनको तयारी गर्ने भएको छ । सरकारले मजदुरलाई झुक्याएर चोरबाटोबाट मजदुरमारा गतिबिधि अगाडि बढाउने खोजेको भन्दै निर्णय नसच्याए आगामी मे १ देखि आन्दोलनको आंधिबेहरी र हुण्डरी मच्चाउने गरि जिफन्टले आन्दोलनको तयारी गर्ने भएको हो ।

gfont_le_andolan_garneजिफन्ट प्रदेश संगठन कमिटी नं ३ को आयोजनामा राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले मजदुरलाइ कार्यकर्तालाई आन्दोलनको लागि तयार रहन निर्देशन दिएका हुन् । उनले प्रदेश ३ बाट प्रतिनिधित्व गरेका ३ सय २० प्रतिष्ठानका अध्यक्ष र प्रतिनिधिहरुलाई सम्बोधन गर्ने क्रममा सरकार र व्यवसायीसँगको सम्बन्ध छिनोफानो गर्नेगरि मजदुर आन्दोलनमा जुट्न श्रमशक्तिमा रहेका १५ लाख मजदुरलाई तयार रहन आग्रह गरे ।

सबै ट्रेड युनियन संगठनसँग मिलेर आन्दोलनको हुन्डरी मच्चाउने तयारी भईरहेको जानकारी दिंदै रिमालले भने– ‘छिनोफानो जिफन्ट एक्लैले गर्नेछैन । नेपालमा रहेका सबै ट्रेड युनियनहरुलाई साथमा लिएर गरिनेछ । नेपालमा श्रम आन्दोलनको लागि आवश्यक पर्छ भने हुण्डरी मच्चाउन क्षमता राख्छौं ।’

कार्यक्रममा जिफन्ट महासचिव विष्णु लम्सालले मजदुरमाथि हुने शोषणबारे नेता कार्यकर्तालाई चुप भएर बस्न नदिने र तल्लोभन्दा तल्लो स्तरसम्म दबाबमूलक कार्यक्रमको शुभारम्भ गरिएको बताए ।

जिफन्ट उपमहासचिव एवं प्रदेश नं ३ का संयोजक जनक चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिईन् । कार्यक्रममा ३ सय २० प्रतिष्ठानका १ हजार प्रतिनिधिको सहभागीता रहेको थियो । जसले १५ लाख श्रमशक्तिको प्रतिनिधित्व गर्ने कार्यक्रममा जानकारी दिइयो ।

यस्तो छ मजदुर आन्दोलनको एजेण्डाः

जिफण्टले तयारी गरेको आन्दोलनको एजेण्डामा सबै स्थानमा ट्रेड युनियन गठन भए नभएको हिसाब गर्ने, न्यूनत्तम पारिश्रमिकको व्यवस्था भए नभएको हिसाब गर्ने, कतिपय उद्योगमा सामुहिक सौदाबाजी हुन नदिईएकोमा त्यसको लेखाजोखा राख्ने, कर्मचारीलाई स्थायी गर्ने कानुनी व्यवस्था छ, त्यो भएको छ कि छैन हेर्ने, व्यवसायीहरुले राज्यले तोकेको र कानुनले तोकेको व्यवसायजन्य सुरक्षाहरु व्यवस्थित गरिएको छ कि छैन ? त्यसको लेखाजोखा राख्ने लगायत ६ बुँदा समेटीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.