२०७३ साउन ५ गते १०:२१ विकासन्युज
काठमाडौं, ५ साउन । ललितपुरको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले आफ्नो स्थापनाको १८ औं वाषिर्कोत्सव मनाएको छ । सुमेरु सहकारी र लायन्स क्लव अफ काठमाडौं सुमेरुको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरी वाषिर्कोत्सव मनाइएको हो ।
लायन्स कल्वका गभर्नर कुमार सुवेदी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले संयुक्त रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा जम्मा ५ सय ३९ जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रम “सुमेरुको सामाजिक अभियान गरौं रक्तदान गरौं जीवन दान” भन्ने नाराका साथ सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी र गैर सरकारी कार्यालयका पदाधिकारीहरुको उल्लेख उपस्थितीे रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.