रन सुजको स्कुल कलेज अफर

  २०७३ असार ६ गते ५:४७     विकासन्युज

काठमाडौं, ६ असार । रन सुज इण्डष्टिज प्रालिले स्कुल कलेज अफर, सात जनालाई सात लाख बम्पर नामक उपहार योजना बजारमा ल्याएको छ । योजना अनुसार प्रत्येक जोर जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन पाईने छ, जसमा हातखाली नहुने गरि एक लाखसम्म नगद पुरस्कार प्राप्त गर्न सकिने छ ।
run_shoe
साथै स्कुल र कलेजका विद्यार्थिलाई लक्षित गरि नयाँ मोडलका जुत्ता बजारमा ल्याएको छ । बजारमा आएका नयाँ मोडलका स्कुल कलेज जुत्ताहरु सस्तो, बलियो र आरामदायी रहेको कम्पनिका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।
रनका जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ ।

गुणस्तर मापदण्डको आधारमा दिईने अन्तराष्ट्रिय स्तरको आईएसओ ९००१ः२००८ अवार्ड प्राप्त उद्योगले रन ब्राण्डका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल/कलेज शुज, लेडिज तथा जेन्स चप्पल उत्पादन गरी मुलुकको ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण गर्दै आएको छ ।

रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.