१२ प्रतिशत बोनस पछि रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन

  २०७६ जेठ १३ गते १२:३९     विकासन्युज

काठमाडौं । सोमबार रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२५.८९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १५०.९५ रुपैयाँ तोकिएको छ ।

मूल्य समायोजन पछिको कारोबारमा संस्थाको सेयर मूल्यमा गिरावट देखिएको छ । सोमबार १२ः३० बजेसम्म कम्पनीको सेयर मूल्य १.८९ रुपैयाँले घटेर प्रतिकित्ता १२४ रुपैयाँमा कारोबार भइरहेको छ ।