सेयर बजार सुस्तायो, १८ करोडको मात्र कारोबार

  २०७६ असोज ३० गते १५:४८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार सुस्ताउँदै गएको छ । बिहीबार जम्मा १८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन यस साताभरिकै सबैभन्दा न्युन कारोबार हो ।

न्युन कारोबार भएको बजारमा तीन कम्पनीको करोडौंको सेयर कारोबार भएको छ । प्रभु बैंकको एक करोड ९९ लाख र सनराइज बैंकको एक करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, मेगा बैंकको एक करोड ५७ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ ।

सो दिन नेप्से परिसूचक ०.७१ अंकले बढेर ११३७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशत बढी हो ।