माछापुछ्रे बैंकले बाँडफाँड गर्यो ३० लाख कित्ता ऋणपत्र

  २०७६ भदौ १३ गते १७:३८     विकासन्युज


काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले साउन ६ गतेदेखि जारी गरेको रु.३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र समानुपातिक रुपले बाँडफाँड गरिएको छ ।

बैंकले जारी गरेको ऋणपत्रले नेपालको पूँजीबजारलाई विकासित गर्न सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास समेत बैंकले लिएको जनाइएको छ ।

बैंकले निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने जानकारी पनि दिएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको बैंकले जनाएको छ ।