दोहोरो अंकले घट्यो नेप्से, सबै सूचक राताम्मे

  २०७६ भदौ ११ गते १६:३३     विकासन्युज

काठमाडौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक १०.२६ अंकले घटेको छ । ०.८५ प्रतिशतल परिसूचक घट्दा ११९७.७५ बिन्दुमा पुगेको हो ।

बुधबार सेयर बजारमा १६८ कम्पनीले कारोबार गरेका छन् । १३ लाख १९ हजार ८ सय ६ कित्ता सेयर किनबेच हुँदा ३७ करोड १९ लाख ४४ हजार ४ सय २९ रुपैयाँको कारोबार भएको छ ।

बजार घटेका दिन नेप्सेका सबै सूचक राताम्मे देखिएका छन् ।

बैंक समूह ९.५८, होटल समूह १.१३, विकास बैंक समूह ६.२२, जलविद्युत समूह १४.४६, वित्तीय समूह १.७९, निर्जीवन बीमा समूह ३७.२८, उत्पादनमूलक समूह १३.०५, अन्य समूह ७.१, माईक्रो फाइनान्स समूह ९.२५, जीवन बीमा समूह ५७.१२, म्यूचुअल फण्ड ०.०३ अंकले घटेका हुन् ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.८६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने दिव्यश्वरी हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले ४.९१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।