जेठ १ गतेदेखि बन्द रहेको तारागाउँ होटलको सेयर कारोबार खुल्ला

  २०७६ जेठ १४ गते १६:४२     विकासन्युज

काठमाडौं । गत जेठ १ गतेदेखि बन्द रहेको तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार मंगलबारदेखि खुल्ला भएको छ । नेप्सेले करिब दुई साता रोक्का रहेको होटलको सम्पूर्ण धितोपत्र वा सेयर कारोबार आजदेखि खुल्ला गरिदिएको हो ।

होटलले नेपाल स्टक एक्स्चेञ्ज ९नेप्से०को धितोपत्र सूचीकरण विनियमावली २०७५ लाई मिचेर बुक क्लोजको मिति सार्वजनिक गर्न ढिलाई गरेको भन्दै नेप्सले सेयर कारोबार रोक्का गरेको थियो । उक्त नियमावली अनुसार बुक क्लोजको मिति कम्तीमा सात दिन अगाडि नै सार्वजनिक गनुपर्नेमा कम्पनीले जम्मा दुई दिन अगाडि मात्रै उक्त सूचना नेप्सेमा दिएकाले थियो ।

कम्पनीले नियम पालना नगरेकाले नेप्सेले तत्कालै स्पष्टीकरण माग गरेको थियो । जस अनुसारको जवाफ होटलबाट प्राप्त भएकाले नेप्सेले उक्त कम्पनीको सेयर कारोबार खुला गरेको हो ।

उक्त सूचना अनुसार होटलले जेठ २७ गतेलाई वार्षिक साधारणसभा बोलाएको थियो । सो प्रयोजनको लागि कम्पनीले जेठ ३ गतेदेखि जेठ २४ गतेसम्म बुक क्लोज मिति तय गरेको थियो ।