कालिका लघुवित्तले १२ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी १२ करोड नाघ्ने

  २०७६ असोज १२ गते १२:३८     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हालकाे चुक्ता पुँजीको सो मात्रा अर्थात एक करोड २९ लाख रुपैयाँ बोनस दिने प्रस्ताव गरेको हो ।

साथै, संस्थाले उक्त बोनस सेयरको कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.६३ प्रतिशत अर्थात ६ लाख ८२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको गत शुक्रबार दिउसो बसेको संचालक समितिको बैठकले गरेको हो । बैठकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति  तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १२ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय संस्थाको चुक्ता पुुँजी प्रतिकित्ता ६९९ रुपैयाँ रहेको छ ।