कालिका लघुवित्तले कात्तिक २५ गते बोलायो विशेष साधारणसभा, जनसेवीसँग मर्जरमा जाँदै

  २०७६ कार्तिक ८ गते १३:१४     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले कात्तिक २५ गते विशेष साधारणसभा बोलाएको छ । संस्थाले जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने प्रयोजनको लागि सो दिन विशेष साधारणसभा बोलाएको हो ।

संस्थाको सभा सो दिन बिहान ११ बजे स्याङ्जास्थित वालिङ्गमा रहेको द जंगल रेष्टुरेन्टको सभाहलमा बस्दै छ ।
संथाको गत जेठ ५ गतेदेखि नै सेयर कारोबार बन्द रहेको छ ।