एनएमबि फिफ्टीको ईकाइ बाँडफाँड, योजनाको आकार ५० लाख इकाईले बृद्धि

  २०७६ भदौ १५ गते १२:००     विकासन्युज

काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही निष्काशन गरिएको एनएमबि फिफ्टी बन्दमुखी योजनाको आकार बढाएर बाँडफाँड गरिएको छ ।

एनएमबि फिफ्टी बन्दमुखी योजना साउन १३ गतेदेखि १० गतेसम्म सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

आवश्यकता भन्दा बढी इकाई खरीदका लागि माग भई आएकाले प्रकाशित विवरणापत्रमा भएको व्यवस्था बमोजिम योजनाको आकार ५०,००,००० इकाईले वृद्धि गरी १२,६५७ आवदेकहरुलाई १०,६०,४८,३३० इकाई तथा बिज पूँजीबापत १,८९,५१,६७० इकाई गरी कुल १२,५०,००,००० इकाईहरु बाँडफाँड गरिएको एनएमबी क्यापिटलले जनाएको छ ।