इन्फिनिटी लघुवित्तका सेयरधनीले १५ प्रतिशत लाभांश पाउने

  २०७६ भदौ ३१ गते १३:४५     विकासन्युज


काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रवीणकुमार लामाले बताए ।