आरएसडिसी लघुवित्तको कात्तिक २९ गतेदेखि बुक क्लोज

  २०७६ कार्तिक १७ गते १३:५७     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आगामी कात्तिक २९ गतेदेखि सेयर कारोबार रोक्का (बुक क्लोज ) हुने भएको छ । संस्थाले वार्षिक साधारण सभामा जाने प्रयोजनका लागि सो दिनदेखि मंसिर १३ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

संस्थाको छैंटौ वार्षिक साधारणसभा मंसिर १३ गते शुक्रबार बुटवलमा बस्ने भएको छ । संस्थाले ६ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दैछ ।

हाल संस्थाको चुक्ता पुँजी ६३ करोड ३५ लाख रहेको छ । ६ प्रतिशत बोनसपश्चात संस्थाको चुक्ता पुँजी ६७ करोड १५ लाख पुग्ने छ ।