समाचार

  २०८० मंसिर ८ गते १७:३०     विकासन्युज

काठमाडौं । पुस्तक प्रकाशन क्षेत्रलाई उद्योगका रुपमा मान्यता दिन र भन्सार लागत शुल्कमा छुट दिन आग्रह गरिएको छ ।  यही मङ्सिर ५ गतेदेखि भृकुटीमण्डपमा जारी ‘दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ अन्तर्गत आज सञ्चालित अन्तरसंवाद...

  २०८० मंसिर ८ गते १६:४८     विकासन्युज

काठमाडौं । संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार बजेट प्राप्त नभएको गुनासो गरेका हुन् । समितिका सभापति...

  २०८० मंसिर ८ गते १६:२०     विकासन्युज

पाँचथर । धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ ल्याएको हो...

  २०८० मंसिर ८ गते १५:५५     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी बिरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको...

  २०८० मंसिर ८ गते १५:५५     विकासन्युज

काठमाडौं । प्यानलको प्रयोग गरी आधुनिक घर बनाउँदै आएको एसवाई प्यानलले आफ्ना प्रडक्ट विदेशमा पनि निर्यात गर्न थालेको छ । कम्पनीले प्रि-फ्याब घर निर्माणका लागि आवश्यक सामग्रीहरू भारतसँगै भुटानमा पनि निर्यात गर्न थालेको हो...

  २०८० मंसिर ८ गते १५:४२     विकासन्युज

गल्याङ । भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ । उत्पादन लागत बढी पर्ने हुँदा...

  २०८० मंसिर ८ गते १५:२६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार...

  २०८० मंसिर ८ गते १५:२१     विकासन्युज

काठमाडौं । बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही तथा आवास खड्का रहेका...

  २०८० मंसिर ८ गते १४:४२     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७९र८० सम्ममा रु एक खर्ब १३ अर्ब सात करोड ५८ लाख बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ । बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई...

  २०८० मंसिर ८ गते १४:२७     विकासन्युज

काठमाडौं । यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो...

  २०८० मंसिर ८ गते १३:४८     विकासन्युज

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको...

  २०८० मंसिर ८ गते १३:१७     विकासन्युज

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय थप अराजक बन्दै गएका छन् । उनले विभिन्न आन्दोलनको नाममा अराजक अभिव्यक्ति र गतिविधि गर्दै थप उच्छ्श्रृङ्खल बन्दै गएका छन् । उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

  २०८० मंसिर ८ गते १२:००     राजिव न्यौपाने

काठमाडौं । निर्माण सिजन सुरु भएसँगै निर्माण सामग्रीको मूल्य पनि घटेको छ । केही समय अघिसम्म आकासिएको निर्माणजन्य सामग्रीको मूल्य पछिल्लो समय घट्न थालेको हो । व्यवसायीहरू सिजनमै माग कम भएपछि मुल्य घटेको बताउँछन्...

  २०८० मंसिर ८ गते ११:४७     विकासन्युज

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बङ्लाचुली गाउँपालिकास्थित कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटीएच) सेवाको बिहीबार शुभारम्भ गरेका छन् । सो सेवा थालनी भएसँगै बङ्लाचुली क्षेत्रमा अब द्रूतगतिको ‘इन्टरनेट’ सेवा...

  २०८० मंसिर ८ गते १०:५५     विकासन्युज

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्‍न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह कार्यक्रम २०८० सम्पन्न गरेको छ । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’...

  २०८० मंसिर ८ गते १०:४७     विकासन्युज

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक...

  २०८० मंसिर ८ गते १०:०८     विकासन्युज

काठमाडौं । अब बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था दर्ता गर्न नपाइने भएको छ । गत २३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुबाट ठूलाठूला बचत स्वीकार गर्ने र जोखिमयुक्त...

  २०८० मंसिर ८ गते ९:३४     विकासन्युज

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन्। चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् । मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका...

  २०८० मंसिर ८ गते ८:०३     विकासन्युज

काठमाडौं । नेपाली सेनाले सैन्य पददेखि विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार एक सूचना प्रकाशन गरी सेनाले ३ हजार ४१३ जना कर्मचारी मागेको हो । सेनाको सूचना अनुसार सैन्य पद,...

  २०८० मंसिर ८ गते ७:१२     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले जियोल्याण्ड ट्राभल्स एण्ड टुस प्रा.लि.को युजर आईडी पोर्टल ह्याक गरी २ करोड रुपैयाँ ठगी गरेको आरोपमा नारायण सुवेदी पक्राउ परेका छन् । जियोल्याण्ड ट्राभल्सको प्रणाली ह्याक...