प्राइम लाइफ इन्स्योरेन्सले १२.५ प्रतिशत बोनस र ९८ लाख रुपैयाँ नगद लाभांश दिने

  २०७४ फागुन २० गते १३:३३     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ९८ लाख ९४ हजार १०३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई हाल कम्पनीले निष्काशन गरिरहेको हकप्रद सेयर बाँडफाँड पश्चात कायम हुने चुक्ता पुँजीमा सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल १६० प्रतिशत हकप्रद जारी गरिरहेको छ । उक्त हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । सो पुँजीमा १२.५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ७८ करोड रुपैयाँ नाघ्ने छ ।

इन्स्योरेन्सले साधारणसभामा जाने प्रयोजनको लागि फागुन ३० गते कम्पनीको बुक क्लोज गर्दै छ । यस इन्स्योरेन्स आगामी चैत १४ गते कम्पनीको ११ औँ वार्षिक साधारणसभामा जाँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.