२०७२ वैशाख ६ गते ८:३० विकासन्युज
६ चैत/२५ वटा बीमा कम्पनी मध्ये एनएलजी इन्स्योरेन्सले मात्र २०७१ पुस मसान्तअघि साधारण सभा सम्पन्न ग-यो । कम्पनी ऐनअनुसार २४ वटा बीमा कम्पनी विभिन्न शिर्षकमा सरकारलाई जरिवाना तिर्न वाध्य भएका छन् ।
कम्पनी ऐन आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्छ । पुस मसान्तसम्ममा साधारणसभा हुन नसकेमा त्यसको कारणसहित कम्पनी रजिष्ट्रारको कार्यलयलाई दिएर ३ महिना थप्न सकिन्छ । तर कम्पनी ऐनको दफा ७८ अनुसारको विवरण ढिला पेश गरेकोमा जरिवाना, लेखापरिक्षक नियुक्ती ढिला गरेकोमा जरिवाना, सञ्चालक परिवर्तन हुने वर्षमा सञ्चालक ढिला चयन गरेमा जरिवाना लगायत धेरै शिर्षकमा जतिवाना तिर्नुपर्छ । चैत मसान्तमा पनि साधारणसभा नभएपछि ढिला साधारणसभा वापत जरिवाना तिर्नुपर्छ ।
९ वटा जीवन बीमा कम्पनीहरु मध्ये लाईफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले २०७१ चैत मसान्त अघि साधारणसभा गर्न सफल भयो । आर्थिक वर्ष २०७०/७१ को आर्थिक प्रतिवेदन बीमा समितिबाट स्वीकृत गराएर साधारणसभा गर्ने जीवन बीमा कम्पनीमा लाईफ इन्स्योरेन्स मात्र हो ।
यस वर्ष मात्र होइन, अघिल्ला वर्षमा पनि बीमा कम्पनीहरुको साधारणसभा ढिला नै हुने गरेको देखिन्छ । आर्थिक वर्षा २०६९/७० को वार्षिक प्रतिवेदन पारित गर्ने साधारणसभा अधिकांश जीवन बीमा कम्पनीले २०७१ सालमा मात्र गरे ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २६ औं साधारण सभा २०७१ जेठ ३० गते गरेको थियो । नेपाल लाईफले पनि १४ औं बार्षिक साधारणसभा २०७१ साल जेठ ३ गते गरेको थियो । एसियन लाईफ इन्स्योरेन्स कम्पनीले २०७१ असार १४ गते साधारण सभा गरेको हो थियो । सूर्या लाईफले पनि २०७१ असार २८ गते साधारण सभा गरेको थियो ।
गुराँस लाईफले २०७० बैशाख ९ गतेपछि अर्काे साधारण सभा गरेको छैन । प्राइम लाईफले पनि २०७० बैशाख २६ गते छैठौं बार्षिक साधारणसभा गरेपछि सातौंसाधारणसभा गरेको छैन । बीमा संस्थानले साधारणसभा नगरेको १२ वर्ष वितेको छ । मेटलाईम एलिकोले नेपालमा शाखाको भूमिका मात्र निर्वाह गर्छ ।
निर्जीवन बीमा कम्पनीहरुको पनि हालत उस्तै हो । लुम्बिनी इन्स्योरेन्सले २०७१ माघ २८ गते, शिखर इन्स्योरेन्सले फागुनमा र चैत २९ गते साधारण सभा सम्पन्न गरेको छन् । १३ वटा कम्पनीले चैत मसान्तसम्ममा पनि साधारणसभ ागर्न सकेनन् ।
कम्पनीको साधारणसभा ढिला हुँदा लगानीकर्ताहरुले लाभांश समयमा पाएका हुुँदैनन् भने कम्पनीको ख्यातीमा पनि नकारात्मक छाप परेको हुन्छ । कम्पनीलाई वगिकरण गर्ने, राम्रा कम्पनीहरुको छनोट गरि उत्कृत्ट कम्पनी छनौट गर्ने संस्थाहरुले ढिला साधारणसभा गर्ने कम्पनीहरुलाई प्रक्रियामा नै सामेल गर्दैनन् ।
यति धेरै समस्या हुँदा हुँदै पनि बीमा कम्पनीहरुले किन साधारणसभा समयमा गर्दैनन् ?
बीमा कम्पनीहरुको एउटै जवाफ हुन्छ –‘बीमा समितिले वार्षिक प्रतिवेदन समयमा स्वीकृत गर्दैन । बीमा समितिमा काम गर्ने जनशक्ति नै छैन । बीमा समितिले काम गरेर भ्याउँदैन ।’
बीमा समितिका अधिकारीहरु पनि जनशक्ति कम भएको र कार्यसम्पादन केही ढिला हुने गरेको स्वीकार गर्छन । कुनै पनि बीमा कम्पनीको प्रस्ताव एक महिनाभन्दा बढी बीमा समितिमा नरोकिएको उनीहरु बताउँछन् ।
समय थप्न माग
बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघले बीमा समितिले तोकेको प्रक्रिया पुरा गरि पुस मासन्तमा साधारणसभा गर्न सम्भव नै नभएको भन्दै बीमा कम्पनीहरुको लागि साधारणसभा गर्ने समयावधि सीमा पुस मसान्तको सट्टा कम्तिमा चैत मसान्त बनाउने माग गरेको छ । बीमा कम्पनीहरुको वार्षिक प्रतिवदेन स्वीकृत गर्ने प्रक्रिया नै लामो भएकोले चाहेर पनि पुस मसान्तमा साधारणसभा गर्न नसकिएको उनीहरुको दावी छ ।
तर कम्पनीहरुले भनेझै समयावधि बढाउन कानुनी रुपमा सम्भव नभएको बीमा समितिको भनाई छ । एक बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत भन्छन्–पहिलो चरणमा वार्षिक प्रतिवेदन तयार गरी बीमा समितिबाट स्वीकृत गराउनुपर्छ । त्यसपछि एक्चुरी गराउनुपर्छ । एक्चुरी गर्न विदेश नै जानुपर्छ र कम्तिमा तीन महिना लाग्छ । एक्चुरी रिपोर्टका आधारमा फेरी व्यालेन्ससिटमा नाफा तथा बचत समायोजन गर्नुपर्छ । त्यसपछि कम्पनीको सञ्चालक समितिले बोनस घोषणा गर्नुपर्छ । सञ्चालक समितिले गरेको बोनस सम्वन्धि निर्णय फेरी बीमा समितिबाट स्वीकृत गराउनुपर्छ । बीमा समितिबाट संशोधन गर्न निर्देशन आउँछन् । फेरी समायोजन गर्नुपर्छ । यी सबै प्रक्रिया पुरा गर्न आर्थिक वर्ष समाम्त भएको कम्तिमा ९ महिना लाग्ने उनले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.