कोकाकोलाको ‘कोक खाम रसिया जाम’ अभियान, ४० जनाले विश्वकप हेर्न पाउने

  २०७४ फागुन ८ गते १८:१२     विकासन्युज

काठमाडौं । कोकाकोला नेपालले ४० जना नेपालीलाई रसिया विश्वकप प्रत्यक्ष हेर्न लैजाने भएको छ । कोकाकोलाको ‘कोक खाम रसिया जाम’ भन्ने योजना अन्तर्गत ४० जना नेपालीले विश्वकप प्रत्यक्ष हेर्न पाउने भएका हुन् ।

कोकाकोलाको उपहार योजना अन्तर्गत १२,६०० जना पुरस्कृत हुनेछन् । साथै २४ इन्चको टेलिभिजन समेत उपभोक्ताले जित्ने अवसर रहेको छ । कोकाकोला विगत ४० वर्षदेखि फिफाको आधिकारीक प्रायोजकको रुपमा रहदैं आएको छ ।

यस योजना अन्तर्गत २०० जना उपभोक्ताले दैनिक आकर्षक उपहार जित्न सक्नेछन् । फिफा लोगो अंकित फिफा वल्र्डकप बिशेष उपहारहरु जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जस्ता बस्तुहरु जित्न सक्ने छन् भने हरेक दिन २ जनाले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन् ।

‘विश्वकप सुरु हुन अगाडि ‘कोक खाम रसिया जाम्’ अभियान संचालन गर्न पाएकोमा हामी निकै खुशी छौं । फिफासँग हामीले ४० वर्ष देखि सहकार्य गर्दै आइरहेका छौं । हाम्रा महत्वपूर्ण उपभोक्तालाई हामीले सबैभन्दा ठूलो अवसर सिर्जना गरेका छौं र उहाहरुलाई यो अभियानमा भाग लिन प्रोत्साहन गर्द छौ । कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने ।

यो योजनामा भाग लिनका लागि कोकाकोला बत्तलको लेवल पछाडि रहेको युनिक कोड टाइप गरी ३७७२२ मा पठाउनु पर्नेछ । योजना फेब्रुवरी १५ देखि सुरु भएर अप्रिल १५ सम्म संचालन हुनेछ । यो अफर ३०० एमएल, ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका कोक, फेन्टा ओरेन्ज, फेन्टा लेमोन, स्प्राइट र कोक जिरोमा लागू हुनेछ ।

यो क्याम्पेनमा १८ बर्ष पूरा गरेका नेपाली नागरिकले भागलिन पाउने छन् । लक्की ड्रमा राति १२ बजेदेखि बेलुका ७ बजेसम्म आएका एसएमएस समावेश गराइने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.