२०७४ फागुन ७ गते १४:३२ विकासन्युज
काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) निरजकुमार श्रेष्ठले राजीनामा दिएका छन् । सीईओ श्रेष्ठले आइतबार पदबाट राजीनामा दिएको बैंकका सञ्चालक विरेन्द्र महतोले बताए । बैंकको व्यवसाय विस्तारमा लक्ष्य अनुसार प्रगति गर्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् ।
श्रेष्ठमाथी सञ्चालकहरुले व्यवसाय बढाउन नसकेको र सञ्चालक समितिसँग समन्वय नगरेको आरोपमा लगेको थियो । श्रेष्ठको राजीनामा सँगै बैंकले नयाँ सिइओको खोजी पनि सुरु गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.