२०७४ पुष १६ गते १०:०१ विकासन्युज
काठमाडौं । कर्मचारी संचय कोषले साधारण सेयर (आईपीओ) भर्न संचयकर्तालाई हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न भनेको छ ।
कोषले ऋण लगानी गरेका जलविद्युत आयोजना सम्बद्ध कम्पनीहरुले धमाधम आईपीओ निष्कासन गर्न लागेपछि संचयकर्तालाई डीम्याट खाता खोल्न भनेको हो ।
कोषले ऋण लगानी गरेको १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ५८ मेगावाटको सान्जेन जलविद्युत आयोजना र ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाले आइपीओ निष्कासनको तयारी गरेका छन् ।
यी मध्ये रसुवागढी र सान्जेनको आईपीओ तत्काल आउन लागेको छ । कोषले ऋण लगानी गरेको आयोजनामा संचयकर्तालाई पनि निश्चित प्रतिशत सेयरको व्यवस्था भएकाले डीम्याट खाता खोल्न भनेको हो । पछिल्लो समयमा कोषले जलविद्युतमा लगानी बढाएो छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.