२०७४ कार्तिक ३० गते १४:०७ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन एक करोड ४ लाख ४२ हजार ५५० कित्ता सेयर सूचिकृत भएका छन् । बिहीबार मात्रै विभिन्न ६ कम्पनीको हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् ।
सो मध्ये सबैभन्दा बढी हकप्रद सेयर थपिएका छन् । बजारमा तीन कम्पनीको ८३ लाख ४५ हजार कित्ता हकप्रद सेयर थपिएका छन् । कामना सेवा विकास बैंकको २४ लाख १३ हजार १३७ कित्ता, गुडविल फाइनान्सको २७ लाख २२ हजार ५०० कित्ता र कन्काई विकास बैंकको ३२ लाख १० हजार कित्ता हकप्रद सूचिकृत भएका छन् ।
त्यस्तै, दुई बीमा कम्पनीको १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर सूचिकृत भएका छन् । बजारमा नेपाल इन्स्योरेन्स कम्पनीको एक लाख ४३ हजार ८०४ कित्ता र प्राइम लाइफ इन्स्योरेन्सको १२ लाख २० हजार ४०० कित्ता बोनस सेयर गरी सो मात्राको बोनस सेयर थपिएका हुन् ।
त्यसैगरी, सनराइज बैंकको लिलामीको ७ लाख १० हजार ७०९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । यस बैंकको पनि बिहीबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.