२०७४ कार्तिक १४ गते ८:१३ विकासन्युज
काठमाडौं । तपाईलाई घर बनाउन अथवा नयाँ घर किन्नलाई लामो अवधिको कर्जा सुविधा चाहिएको छ ? अब चिन्ता नगर्नुस तपाइको सम्पुर्ण समस्याको समाधान एनएमबी बैंकले गर्ने भएको छ ।
एनएमबी बैंकले नेपालमा पहिलो पटक ३५ वर्षसम्म लामो अवधिको घरकर्जा सुविधा ल्याएको छ । ग्राहकको सुविधा र सहजताका लागि भन्दै एनएमबीले दीर्धकालिन कर्जा योजना ल्याएको हो ।
बैंकले १०.५ प्रतिशत ब्याज लिने बताएको छ । यस्तै काठमाडौ उपत्यकामा ५० प्रतिशत र बाहिर ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । प्रक्रिया पुरा गरेको १० दिनम कर्जा पाइने बैंकले जनाएको छ ।
३५ वर्ष लामो कर्जा सुविधा नेपालमा पहिलो पटक हो । बैंकले १० वर्षको हारहारीमा घरकर्जा दिदै आएका छन् । यसअघि एनएमबीले २५ वर्ष लामो अवधिको घरकर्जा ल्याएका थिए ।
बैंकले न्युनतम मासिक किस्ता, अतुलनिय ब्याज दर र लामो समयले आर्थिक भार कम हुने जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.