२०७४ साउन ३ गते ६:४६ विकासन्युज
काठमाडौं । मधेसका २२ जिल्लामा एक बर्षमा मात्रै २३ अर्बभन्दा बढी रकम अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजिओ मार्फत खर्च गरिएको खुल्न आएको छ ।
ती जिल्लामा आर्थिक बर्ष २०७३ , ७४ मा सात सय ४५ वटा परियोजनामार्फत २३ अर्बभन्दा बढी रकम खर्च गरिएको हो ।
उक्त रकम खर्चका लागि ७३ वटा अन्तर्राष्ट्रिय गैरकारी संघसंस्था झापादेखि कञ्चनपुरसम्मका भित्री मधेससहितका २२ जिल्लामा सक्रिए थिए ।
विभिन्न ७३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था मधेसका २२ जिल्लामा सक्रिए भएर एक बर्षमै २३ अर्ब खर्च गरेका छन् ।
कैलालीमा सबैभन्दा बढी ५२ वटा र नवलपरासीमा सबैभन्दा कम २२ वटा परियोजना अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले चलाएका थिए ।
अर्थ मन्त्रालय अन्र्तगतको वैदेशिक आर्थिक सहायता तथा समन्वय महाशाखामा उपवलव्ध भइ रेकर्ड भएअनुसार
उक्त तथ्यांक देखिएको हो । नागरिक दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.