२०७४ असार १२ गते ७:०७ विकासन्युज
काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने क्षति (प्राविधिक लस) को मात्रामा कमिसन बढाउन व्यवसायीहरुले अनावश्यक दबाब दिएका छन् ।
नेपाल आयल निगमले हाल ४ हजार लिटर पेट्रोल थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा करिब ३५ लिटर क्षति हुने अनुमान गरी सो बराबरको मूल्य समायोजन गरिदिने गरेको छ ।
व्यवसायीहरुले भने अब यो मात्रा पेट्रोलमा ८४ र डिजेलमा ६० लिटर (४ हजार लिटर ढुवानी गर्दा) पुर्याउनुपर्ने मागसहित दबाब दिएका छन् ।
वागमति पेट्रोलियम डिलर्स एसोसिएशनले प्रधानमन्त्री कार्यलय, गुणस्तर तथा नापतौल विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय, आयल नियकामा कसिशन बढाउनेबारे मागपत्र दर्ता गर्दै दबाब दिएका हुन । कान्तिपुर दैनिकबाट।
Copyright © 2024 Bikash Media Pvt. Ltd.