२०७४ जेठ १६ गते ९:३१ विकासन्युज
काठमाडौं । पर्यटन व्यवासायी तथा पाँचतारे होटल र्याडिसनका प्रवन्ध निर्देशक बीके श्रेष्ठको मंगलबार विहान निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित श्रेष्ठको निधन भएको पर्यटन व्यवसायी याेगेन्द शाक्ले जानकारी दिए । उनका अनुसार क्यान्सर राेगकाे उपचारमै रहेका श्रेष्ठलाइ साेमबार विहान मात्रै उपचार गरेर निवास ल्याइएकाे थियाे ।
श्रेष्ठले हिमालयन ट्राभलबाट आफ्नो पर्यटनको व्यवसाय सुरु गरेका थिए । उनको पोखरामा र चितवनमा पनि होटल रहेका छन् ।
हाेटल सघ नेपालका पूर्व अध्यक्ष श्रेष्ठको परिवारमा श्रीमती र तीन छोरी छन् । श्रेष्ठको आजै साढे १२ बजे पसुपतिमा दाहसंस्कार गरिने उनका परिवार स्रोतले जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.