पर्यटन व्यवसायी बीके श्रेष्ठको निधन

  २०७४ जेठ १६ गते ९:३१     विकासन्युज

काठमाडौं । पर्यटन व्यवासायी तथा पाँचतारे होटल र्याडिसनका प्रवन्ध निर्देशक बीके श्रेष्ठको मंगलबार विहान निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित श्रेष्ठको निधन भएको पर्यटन व्यवसायी याेगेन्द शाक्ले जानकारी दिए । उनका अनुसार क्यान्सर राेगकाे उपचारमै रहेका श्रेष्ठलाइ साेमबार विहान मात्रै उपचार गरेर निवास ल्याइएकाे थियाे ।

श्रेष्ठले हिमालयन ट्राभलबाट आफ्नो पर्यटनको व्यवसाय सुरु गरेका थिए । उनको पोखरामा र चितवनमा पनि होटल रहेका छन् ।

हाेटल स‌घ नेपालका पूर्व अध्यक्ष श्रेष्ठको परिवारमा श्रीमती र तीन छोरी छन् । श्रेष्ठको आजै साढे १२ बजे पसुपतिमा दाहसंस्कार गरिने उनका परिवार स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.