स्वदेशी लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त
२०७४ जेठ १० गते १२:१८ विकासन्युज
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी काठमाडौंको बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।