२०७४ जेठ ५ गते १२:३४ विकासन्युज
काठमाडौं । सिभिल बैंक लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहीबार सम्पन्न कम्पनीको साधारण सभाले आ.व.२०७२/७३ को नाफाबाट शेयरधनीहरुलाई २.८८% बोनस शेयर तथा कर प्रयोजनको लागि ०.१५१६% नगद लाभांश बितरण गर्ने निर्णय पारित गरेको छ ।
साथै, सभाले युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई सिभिल बैंकले प्राप्ति गर्ने निणर्य गरेको छ ।
बोनश शेयर जारी तथा युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको ३० प्रतिशत प्रस्ताव गरेकामा सभाले सो लाई संसोधन गरी ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
साथै हकप्रद शेयर निष्काशन तथा बाँडफाँड गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण काम कारवाही गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सोहि सभाले संस्थापक लगानीकर्ताहरुको समुहको तर्फबाट संचालक समितिमा सृजना शाक्य तामाङ्गलाई बाँकी अवधिको लागी गरेको नियूक्तिलाई अनुमोदन गरेको छ ।
सभाले पारित गरेको बोनस शेयर प्राप्ति र हकप्रद शेयर पछि बैंकको चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको समयमा पूरा हुने बैंकले जनाएको छ ।
बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ३३ अर्ब ८१ रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.