२०७४ वैशाख ९ गते ११:२० विकासन्युज
काठमाडौं । राजेन्द्र खेतान, प्रेमप्रकाश खेतान र चन्द्रप्रकाश खेतानको परिवारलाई सानिमा बैंकले कालोसूचिमा राखेको छ । खेतान परिवारले नेतृत्व गरेको कम्पनीहरु एक पछि अर्को आर्थिक संकटमा परेपछि बैंकले खेतान परिवारलाई कालोसूचिमा राखेको हो ।
बैंकले आफ्नो कर्जा विभाग र सबै शाखा कार्यलयलाई आन्तरिक सर्कूलर जारी गर्दै राजेन्द्र खेतान, प्रेमप्रकाश खेतान र चन्द्रप्रकाश खेतान, उनीहरुको परिवार सदस्य संलग्न भएको कम्पनी, फर्म वा कुनै पनि प्रकारको संस्थालाई कुनै पनि प्रकारका कर्जा तथा बैंक ग्यारेन्टी उपलब्ध नगराउन परिपत्र गरेको हो ।
‘हाम्रो आफ्नै रिसर्ज डिपार्टमेन्टले गरेको रिपोटिङकको आधारमा खेतान परिवारका सदस्यहरुलाई र उनीहरु संलग्न भएका संस्थालाई कर्जा नदिने निर्णय भएको हो’–बैंक स्रोतले भन्यो । खेतानले लगानी गरेको र व्यवस्थापन समालेको सबै कम्पनी समस्यामा देखिएको र खेतानसँग व्यवसायिक साझेदार गर्दै आएका व्यवसायीहरु समेत आर्थिक समस्यामा परेकाले उनीहरुलाई कर्जा नदिने निष्कर्षमा पुगेको हो ।
सानिमा सबैभन्दा कम खराव कर्जा भएको बैंक हो । उसले लगानी गर्दा ऋणीको पृष्ठभूमि र आयस्रोतको सुस्म अध्ययन गरेर लगानी गर्दै आएको छ । बैंकहरुले आर्थिक संकटमा परेका र विवादमा परेको व्यवसायिक समूह वा कम्पनी, व्यक्तिहरुलाई जोखिमपूर्ण सूचिमा राख्छन्, जसलाई बैकिङ क्षेत्रमा कालोसूचि भनिन्छ ।
पछिल्लो समय खेतान ग्रुपको उद्योग हिमालयन सन्याक्स एण्ड नूडल्स कम्पनी बन्द भएको छ । खेतान समूहले नेतृत्व गरेको पब्लिक कम्पनीहरु एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राइमलाईफ इन्स्योरेन्स कम्पनी समस्याग्रस्त छन् । लक्ष्मी बैंक एभरेष्ट बैंकमा विलय हुने चर्चा छ । हिमालयन हेकिप्टर कम्पनी बन्द भएको छ ।
करोडौ रुपैयाँ कर छलि विवादमा परेपछि गोर्खा ब्रुअरीमा रहेको खेतान समूहको ३० प्रतिशत सेयरसँगै व्यवस्थापन काल्सवर्ग ग्रुपले खोसेको छ । यसअघि गोर्खा ब्रुअरीमा खेतान समूह र काल्सवर्ग समूहको ५०/५० प्रतिशत सेयर लगानी थियो भने व्यवस्थापनको जिम्मेवारी खेतान ग्रुपले पाएको थियो । हाल यस कम्पनीमा ८० प्रतिशत सेयर काल्सवर्ग ग्रुपको छ भने व्यवस्थापन पुरै काल्सवर्ग ग्रुपले लिएको छ ।
खेतान ग्रुपसँग साझेदारी गर्दै आएका पवन संघाई, मधुशुधन अग्रवालका धेरै व्यवसायी फ्रड व्यवसाय गरेको आरोपमा कोही जेलमा छन्, कोही तारेक धाईरहेका छन् भने कोही व्यवसाय छोडेर फरार भएका छन् । निरञ्जन तिवेडेवा, राकेश अडूकिया लगायतले खेतानसँग व्यवसायिक साझेदारी तोडेका छन् ।
२०६० सालअघि ठूला व्यवसायिक घरानाको रुपमा परिचित खेतान ग्रुपको व्यापार मोहन गोपल खेतानको निधनपछि ओरालो लागेको छ । मोहन गोपालका तीन छोरा मध्ये राजेन्द्र खेतानले सन् २००८ देखि २०१५ सम्ममा स्वीजरल्याण्डमा रियलस्टेट व्यवसायमा गरेका थिए, जहाँ उनले ठूलो धनराशी गुमाएका छन् । जानकारहरुका अनुसार चन्द्रप्रकाश खेतानले भारतमा वियर उद्योग चलाए राम्रो पैसा कमाएका छन् तर उनले भारतमा कमाएको पैसा नेपाल ल्याएका छैनन् । उक्त पैसा विवादले चन्द्रप्रकाशसँग राजेन्द्र र प्रेपप्रकाश दाजुभाईको सम्बन्ध पनि चिसिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.