२०७३ चैत १६ गते १५:०७ विकासन्युज
काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३ करोड ३० लाख ४४ हजार २१० रुपैयाँ बराबरको लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ३ करोड १३ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस र १६ लाख ५२ हजार २१० रुपैयाँ बराबरको नगद गरि सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।
उक्त निर्णय चैत १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्र बैंकका सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पूँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ३४ करोड ५३ लाख रुपैयाँ नाघ्ने छ । बुधबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँ रहको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.