बिहीबार मात्रै ३७ लाख कित्ता बोनस र ५४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

  २०७३ फागुन १२ गते १३:३३     विकासन्युज

काठमाडौं । बिहीबार मात्रै ३७ लाख ७२ हजार ६७४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ५४ लाख ७४ हजार ३५४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

बिहीबार ५ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनीको ६ लाख कित्ता, एभरेष्ट फाइनान्सको १ लाख ९९ हजार ४०३ कित्ता र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको एक लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, साहारा विकास बैंकको २२ हजार ६०० कित्ता र मुक्तिनाथ विकास बैंकको २८ लाख ५० हजार ६७१ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सोही दिन ३ वटा कम्पनीको हकप्रद नेप्सेमा सूचिकृत भएको छ । अरनिको डेभलपमेन्ट बैंकको ९ लाख २८ हजार १९० कित्ता, साहारा विकास बैंकको ३ लाख ५४ हजार कित्ता र मुक्तिनाथ विकास बैंकको ४१ लाख ९२ हजार १६३ कित्ता गरि सो मात्राको हकप्रद सेयर सूचिकृत भएको हो ।

त्यस्तै, टुरिजम डेभलपमेन्ट बैंकको पनि थप १३ लाख २८ हजार २७२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको उक्त सेयर मातृभूमी बैंक र कालिञ्चोक डेभलपमेन्ट बैंकलाई एक्वाएर गरेपछि थपिएकोे बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.