प्रभु बैंकको नयाँ शाखा अछाम जिल्लाको कमलबजारमा सञ्चालन

  २०७३ मंसिर १६ गते १७:४९     विकासन्युज

prabhu_bank_accham_branchकाठमाडौं, १६ मंसिर । बिहीबारदेखि प्रभु बैंकले अछाम जिल्लाको कमलबजार नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले यूके एड “सक्षम” को सहकार्यमा उक्त स्थानमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका मुख्य व्यवस्थापक विश्रुत थापाले बिहीबार एक समारोहकाबीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् । अछाममा बैंकको शाखा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.