सांग्रिला डेभलपमेन्ट बैंकले १६ प्रतिशत बोनस दिने, पूँजी एक अर्ब २४ करोड पुग्ने

  २०७३ मंसिर १४ गते १२:०८     विकासन्युज

shangrila-development-bankकाठमाडौं, १४ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १६ दशमलब ०७ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शून्य दशमलब ८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पूँजी एक अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब २४ करोड रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रतिकित्ता सेयर करिब ३६८ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.