२०७३ मंसिर १३ गते १७:४० विकासन्युज
काठमाडौं, १३ मंसिर । बेष्ट रेमिट नेपाल र जनउत्थान सामुदायीक लघुवित्त विकास बैंक बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट बजार ब्यवस्थापक तथा संचालन प्रबन्धक प्रदिप श्रेष्ठ र जनउत्थानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम पोख्रेलले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स जनउत्थान सामुदायीक लघुवित्त विकास बैंकका बिभिन्न शाखाहरुबाट भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।
गैर आवासीय नेपालीहरुद्धारा प्रर्वद्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ ।
जनउत्थान सामुदायीक लघुवित्त विकास बैंकसँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका ३५ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.