विश्वकै उत्कृष्ट माइक जडान भएको ‘स्टुडियो २१’ सञ्चलानमा

  २०८० वैशाख १३ गते २२:१२     विकासन्युज

काठमाडौं । काठमाडौंको अनामनगरमा ‘स्टुडियो २१’ सञ्चलानमा आएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘स्टुडियो २१’ औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

भारतीय साउण्ड इन्जिनियर अमित जोशी, देवेन्द्र नेपाल, किरण सिंह थापा र मनोज डंगोलको संयुक्त लगानीमा ‘स्टुडियो २१’ सञ्चालनमा ल्याइएको हो । ‘स्टुडियो २१’बाट गीत रेकर्डिङ्ग, मिक्सिङ्ग मास्टरिङ्ग लगायतका म्युजिक सम्बन्धी काम गरिने सञ्चालक किरण थापाले जानकारी दिए ।

८ महिनाको अथक प्रयासपछि बुधबारदेखि औपचारिक सञ्चालनमा आएपनि यसअघि आन्तरिक रुपमा काम गर्दै आएको थापाले बताए ।

‘सीरुपाते जुङ्गा’ गीतका गायक बाबुल गिरीको संगितकार तथा एरेन्जमा चलचित्र ‘सिटामोल’का लागि ‘सलाम आमा बाबालाई’ बोलको गीत रेकर्डिङ्ग गरेर स्टुडियो २१ औपचारिक उद्घाटन गरिएको उनले बताए ।

पछिल्लो समय चर्चित गायक÷गायिका थानेश्वर गौतम, अञ्जु पन्त, अनु चौधरी, चक्र बम, निरुता खत्री, उमेश मुस्कान, सुमन ताम्राकार, नवराज कलौनी, पुष्पा बोहरा, टिका पुनले सो स्टुडियोबाट गीत रेकर्डिङ्ग गरिसकेको सञ्चालक थापाले बताए ।

निकै चर्चित थानेश्वर गौतमको ‘आलिमा भट्ट’, ‘पैसा खाउ’ लगायतका गीत ‘स्टुडियो २१’ बाट रेकर्डिङ्ग र मिक्सिङ्ग मास्टरिङ गरिएको थियो ।

सो रेकर्डिङ स्टुडियोमा विश्वैक उत्कृष्ट न्यूमन एम १४९ कम्पनीको माइक जडान गरिएको बताइएको । उक्त माइक जडान भएको नेपालको पहिलो स्टुडियो रहेको उनको दाबी छ ।

स्वर्गीय माइकल ज्याक्सन, लता मंगेश्वर, सोनु निगम, अर्जित सिंह लगायत विश्व प्रसिद्ध गायकहरुले समेत सो माइक प्रयोग गरी गीत रेकर्ड गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.