२०७९ फागुन १९ गते ७:१० विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार विभिन्न २ वटा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै सेयर मूल्यमा बोनस समायोजन गरेको हो ।
डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले समायोजन पश्चात् लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ७४४.५५ रुपैयाँ कायम गरेको छ । बिहीबार लघुवित्तको सेयर अन्तिम कारोबार ८१९ रुपैयाँमा भएको थियो ।
सपोर्ट लघुवित्तको ११ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले समायोजन पश्चात् लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ९९०.९९ रुपैयाँ कायम गरेको छ । बिहीबार लघुवित्तको सेयर अन्तिम कारोबार १ हजार १ सय रुपैयाँमा भएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.