माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेलमा 

  २०७९ माघ ९ गते १८:१८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेल संचालनमा आएको छ । बैंकले  लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवाल ज्यूले उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरे ।  योसँगै बैंकको देशभर एक्सटेन्सन काउन्टर संख्या ११ पुगेको छ ।

बैंकले नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.