नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी

  २०७९ माघ ९ गते १७:५७     विकासन्युज

काठमाडाैं । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धि गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका हुन् ।

‘पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको छ, नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भएपनि याे अन्यदेशको तुलनामा अत्यन्तै कम हाे,’ उनले भने ।

उनले नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने भन्दै उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गर्नुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.