५ कम्पनीको सेयरमूल्य समायोजन, हिमालयन डिष्टीलरीको प्रतिकित्ता १५११ रुपैयाँ घट्यो

  २०७९ पुष २० गते ७:४६     विकासन्युज

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले साधना लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त, हिमालयन डिष्टिलरी र मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरेको हो ।

यी ५ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ ।

साधना लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ९०४.२० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता १०७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ४१९.३८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८२१.३८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता १०१०.३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

गुराँस लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८००.१९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता ८३२.२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

हिमालयन डिष्टीलरीको ६० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २५०१८.७५ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता ४०३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीको बोनस सेयर सेयर मूल्यमा समायोजन हुँदा प्रतिकित्ता १ हजार ५११.२५ रुपैयाा घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.