२०७९ मंसिर १५ गते १७:२४ विकासन्युज
काठमाडौं । एभरेष्ट बैंकले सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा उद्घाटन गरेको छ ।
बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज उक्त शाखाको विस्तार गरेको हो ।
उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा गरेका छन् ।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले लालबन्दी र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । यो संगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ ।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषामा ई–पुस्तकालय निर्माणको लागि आफन्त नेपाललाई ५०,००० को चेक समेत हस्तान्तरण गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.