२०७९ मंसिर १२ गते १२:५६ विकासन्युज
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदमा केही मात्रामा कर्मचारीको माग गरेको छ ।
बैंकले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
उक्त पदका लागि बैंकले स्नातक तह उर्तिण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले क्युआर कोड स्क्यान गरी दरखास्त दिन सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.