मेरो किरानाबाट सामान खरिद गरी आइएमई पेमार्फत भुक्तानी गर्दा ६०० रुपैयाँसम्म छुट

  २०७९ मंसिर ८ गते ११:५८     विकासन्युज

काठमाडौं । आइएमई पे र मेरो किरानाबीच सम्झौता भएको छ । आइएमई पे र मेरो किरानाबीच ग्राहकलाई विभिन्न सामान खरिद गर्दा छुट दिने सम्झौता भएको हो ।

मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट सामानहरु खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

ग्राहकले छुट पाउनको लागिस्मार्ट क्युआर स्क्यान गरी रकम भुक्तानी गर्नुपर्नेछ । ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल ६०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.