एनसेल दशैं मेलासँगै रमायो बुटवल

  २०७३ असोज ४ गते ५:४३     विकासन्युज

काठमाडौ, ३ असोज । एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गरेको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चातन जिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरेको हो ।
ncell-butawal
मेलाबिहान ११ बजे शुरु भएको थियो र दिउसो २ बजेबाट नै रमझम र रौनक बढेको थियो । मौसम गरम भएता पनि विभिन्न स्टहरुमा दर्शकहरुको उत्साहजनक सहभागिता जनाएको एनसेलले जनाएको छ ।

मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाकाविषेश आर्कषणहरु थिए । चर्चित कलाकार सुगमपोख्रेल, शिव परियार, मिलनअमात्य,लाउरे, डिजे रुपेश र सांगीतिक समुहएक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिदै नाच्न र झुम्नप्ररित गरेकाथिएभने हाँस्यकलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुतीेदर्शकहरुले मन पराएका थिए ।

sugamमेलाको प्रत्येक स्टलमा आगन्तुकहरुको बाक्लै भीड लागेको थियो । चंगा चेट प्रतियोगितामादर्शकहरुले रमाईलो गरे भने एनसेल हाईटेक जोनमादर्शकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव गरेका थिए र मगसट फोटो बुथमा सबै उमेरका आगन्तुकहरुको फोटो खिचाउन भीड लागेको थियो । सिद्घेश्वरी मैदानमामयुर नाच,लाखे नाच रदशैं पिंङले मेला अझ रोचक बनाएको थियो ।

मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफरका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरुमा युवाहरुकोे भिड देखिन्थ्यो । मनोरञ्जनका साथसाथै गेम स्टलहरुमा दर्शकले विभिन्न गिफ्टहरु पनि पाएका थिए ।

मेलाकै अवसर पारेर एनसेलले आफ्नो ‘च्यानललोयल्टि’ योजनाअन्तर्गत सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु ग्राहक सम्म पुर्याउने लुम्बिनीअन्चलकाआफ्ना १० वटा आधिकारिक रिटेलरहरुलाई उपहारप्रदान गरेको छ । रिटेलरहरुले गरेको बिक्रीकाआधारमाउनीहरुलाई एससिडी टिभी, ल्यापटप र प्रिन्टर लगायतकाविभिन्नउपहारहरु प्रदानगरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.